समाज


चोरीका ६ मोटरसाइकलसहित धनुषाबाट ५ जना पक्राउ

चोरीका ६ मोटरसाइकलसहित धनुषाबाट ५ जना पक्राउ

शैलेन्द्र महतो
माघ १८, २०७७ आइतबार १३:५९,

धनुषाबाट मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका–२ का २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाको सबैला नगरपालिका–४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन्।

जितेन्द्र बाहेकका चारैजना सर्वसाधारणको मोटरसाइकल चोर्ने र जितेन्द्रले भने चोरीको मोटरसाइकल किन्ने गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए।

शनिबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा बजारबाट दिउँसो सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका–५ बाट चोरी भएको थियो। त्यसको खोजीमा जुटेका प्रहरीले मोटरसाइकल चोर गरोहलाई नै पक्राउ गरेको हो।

उक्त चोरीको मोटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका–९ स्थित जलाद खोला हुँदै जाने क्रममा पक्राउ गरेपछि उनले अन्य ३ वटा मोटरसाइकल पनि आफूले नै चोरी गरेको स्वीकारेका थिए।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरको २ सय सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर र को ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

रोहितले चोरी गरेको अन्य तीन पटा मोटरसाइकल उनकै डेरा क्षिरेश्वरनाथ नगरपालिका–५ बाट प्रहरीले बरामद गरेको हो। उनको डेराबाट मोटरसाइकल चोरीमा प्रयोग हुने उपकरणसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।

अनुसन्धानको क्रममा प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएको उनले जानकारी दिए। यस्तै क्षिरेश्वरनाथ नगरपालिकाबाटै चोरी भएको ना ३९ प ६३८२ नम्बरको मोटरसाइकलसहित मनोजलाई पक्राउ गरिएको छ भने यो मोटरसाइकल किन्ने जितेन्द्रलाई पनि प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .