समाज


१५ हजार घुससहित सशस्त्र प्रहरीका हवल्दार अख्तियारको फन्दामा

१५ हजार घुससहित सशस्त्र प्रहरीका हवल्दार अख्तियारको फन्दामा

शैलेन्द्र महतो
माघ १९, २०७७ सोमबार १३:५७,

महोत्तरीबाट १५ हजार रुपैयाँ घुससहित एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेका छन्।

महोत्तरीको गौशाला नगरपालिका–१ स्थित निगौलचौकबाट १५ हजार घुससहित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत पक्राउ परेका हुन्।

 सोमबार साँझ करिब ५ बजेको समयमा एकजना सर्वसाधारणबाट जंगलबाट दाउरा ल्याउन सहज गरिदिने प्रयोजन बापत घुस लिइरहेको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो।

अख्तियारले हवल्दार चढेको ना. १ झ ८६४ नं.को बेस क्याम्पको भ्यानसमेत नियन्त्रणमा लिएको जनाएको छ।

हवल्दार बस्नेतमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad