समाज


किसान आन्दोलन चर्किँदै गएपछि दिल्लीमा छिर्न नदिन सिमानामा यसरी गरियो घेराबन्दी

किसान आन्दोलन चर्किँदै गएपछि दिल्लीमा छिर्न नदिन सिमानामा यसरी गरियो घेराबन्दी

नेपालखबर
माघ २०, २०७७ मंगलबार ५:३२,

पछिल्लो समय उक्त आन्दोलन झनै चर्किँदै गएको छ। किसान आन्दोलनमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुगिसकेको छ भने हालै किसानहरुले प्रहरीमाथि तरबार आक्रमण गरेको तस्बिरहरु सार्वजनिक भएका छन्।

दिनदिनै भारतको किसान आन्दोनल हिंस्रक बन्दै गएपछि यतिबेला प्रहरीले दिल्लीको सिमानामा घेराबन्दी गरेका छन्।

किसानहरुलाई दिल्लीमा छिर्न नदिन प्रहरीले तारबारसहितको घेराबन्दी लगाएको बीबीसीहिन्दीले जनाएको छ।

भारतमा जारी नयाँ कृषि कानुनका कारण आफूहरु आफ्नो उत्पादन लागतभन्दा कम मूल्यमा बेच्न बाध्य हुने किसानहरुको भनाइ छ।

कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने र किसानले आफ्नो अन्नको भाउ नपाउने उनीहरु बताउँछन्।

यो कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ।

Farmers protest at Delhi borders may act as Covid 'superspreader' event:  Experts - The Economic Times

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .