प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ ईमाडोल बस्ने वर्ष ५५ को मणिकुमार थापा रहेका छन्।
थापाले घर जग्गाको काम गर्ने र सोही सिलसिलामा बिभिन्न ब्यक्तिहरुसँग रकम लिई सो वापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्कविबिहीन हुने गरेको प्रहरीले जनाएको छ।
साथै बिभिन्न प्रहरी कार्यालयहरुमा निज बिरुद्द बैकिङ कसुर मुद्दा चलिरहेको र निज फरार रहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई कोटेश्वरबाट नियन्त्रणमा लिएको हो।
थापालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया