बैतडीमा बिहीवार एक किशोरी मृत अवस्थामा भेटिएकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १९ वर्षीय भागरथी भट्ट जंगलमा मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरीका कार्यालय बैतडीका अनुसार विद्यालय गएकी किशोरी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी हुन्।
‘हिजो घरबाट कलेज जान्छु भनेर गएपछि परिवारको सम्पर्कमा नआएको खुलेको छ। आज ६ बजेतिर जंगलमा शव भेटिएको खबर आएपछि प्रहरी टोली त्यसतर्फ गएको छ’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले नेपालखबरसँग भने।
मृतक भट्ट सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययरत थिइन्।
बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण अधिकारीको टोली घटनास्थलतर्फ गएको छ।
‘घटनाबारे थप खुलेको छैन। अहिले म घटनास्थलतर्फ जादैछुँ’ डिएसपी अधिकारीले नेपालखबरसँग भने, ‘घटनास्थल पुगेपछि अनुसन्धानबाट थप खुल्छ।’
Shares

प्रतिक्रिया