समाज


घरको आँगनबाटै बेपत्ता भएका सिरहाका दुई वर्षीय बालक भारतमा भेटिए

घरको आँगनबाटै बेपत्ता भएका सिरहाका दुई वर्षीय बालक भारतमा भेटिए

शैलेन्द्र महतो
माघ २२, २०७७ बिहिबार १७:५,

सिरहामा घरको आँगनबाटै बेपत्ता भएका दुई वर्षीय बालक प्रियान्सु यादव दुईदिनपछि भारतको मधुवनीमा भेटिएका छन्।

बिहिवार साँझ भारतको जिल्ला मधुवनी खाजेडी भन्ने गाँउबाट बालक प्रियान्सुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बालकलाई बिहीबार राति नै अभिभावकको जिम्मा लगाएको सिरहा प्रहरीले बताएको छ ।

सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवको २ वर्षीय छोरा प्रियांसु आफनै घरको बरान्डामा खेलीरहेको अवस्थामा मंगलबार राति साढे ८ बजे बेपत्ता भएका थिए।

Siraha missing boy found 1

बालक बेपत्ता भएलगतै परिवारजनले प्रहरीलाई खबर गरेका थिए। परिवारजनले बालकको अपहरण भएको आशंका गरेका थिए ।

खोजतलासको क्रममा बिहीबार साँझ भारतको मधुवनीमा सकुशल भेटिएका बालक प्रियान्सुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बालकको आमा संगिता कुमारी यादवलाई जिम्मा लगाई पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज भण्डारीका अनुसार बच्चाको घरदेखि उनी फेलापरेको ठाउँ कम्तीमा १८ किलोमिटर टाढा छ भने नेपाल–भारत सीमाबाट सो ठाउँ ७ किलोमिटर भारततर्फ पर्छ।

‘बच्चालाई कसैले अपहरण गरेर नै लगेको आशंका छ, बच्चाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता थियो अब अपहरण गर्नेको खोजी र अनुसन्धान गरिरहेका छौं,’ उनले नेपालखबरसंग भने।

बालक बेपत्ता भएको जानकारी आएलगत्तै खोजी तिब्र पारेको उनको भनाइ छ। एसपी भण्डारीले सिरहामा जिम्मेवारी सम्हालेको १० दिन मात्र भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad