समाज


भारतमा ५० लाखले लगाए कोरोना खोप

भारतमा ५० लाखले लगाए कोरोना खोप

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ११:४७,

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ।

सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र सात जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ।रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad