समाज


तीव्र गतिको मोटरसाइकल पल्टिँदा बाबुछोराकै मृत्यु

तीव्र गतिको मोटरसाइकल पल्टिँदा बाबुछोराकै मृत्यु

नेपालखबर
माघ २५, २०७७ आइतबार १:७,

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ।

इटहरी २ पीपलचोकमा प्रदेश १ ०१ ०४४ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाबुछोराकै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा इटहरी ८ बस्ने ५० वर्षीय नुरजंग मल्ल र मोटरसाइकलको पछाडि बस्ने उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल छोराले चलाएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।

तीब्र गतिका कारण दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad