हालसम्म ११ जनाको शव भेटिँदा सयौं अझै बेपत्ता छन्।
बीबीसीहिन्दीका अनुसार उक्त बाढीले धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टको बाँध फुटाएको थियो।
हाल सोही प्रोजेक्टको सुरुङमा अझै ३५ जना फसेको बताइएको छ। त्यहाँका केही मानिसलाई भने जिवित्तै उद्धार गरिएको छ। उद्धार कार्यको भिडियो तथा फोटोहरु पनि सार्वजनिक भएका छन्।

हिमनदी फुट्दा धौलिगंगा र अलकनन्दा खोलामा ठूलो बाढी आएको थियो।
ऋषिगंगा प्रोजेक्टमा कार्यरत झन्डै २ सय व्यक्तिहरु हाल अझै बेपत्ता अवस्थामा छन्। उनीहरु सबैको खोजी कार्य जारी छ।

(भिडिओ)
3
Shares

प्रतिक्रिया