धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ मा सञ्चालित क्षिरेश्वर डिष्टिलरीका संचालक ५४ वर्षीय प्रमोद रेग्मीको हत्या उनकै सालोले गरेको खुलेको छ।
उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका रेग्मीको हत्या उनका आफ्नै सालो धनुषा क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने वर्ष ३५ का निरज खातीले गरेको अनुसन्धानबाट खुलेको हो।
डिष्टटलरीमा सेयरको कारण रिसबी राखी खातीले भिनाजु रेग्मीलाई अत्यधिक मदिरा खुवाई बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
निरजलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
गएको माघ १३ गते राति डिष्टिलरीमै सञ्चालक रेग्मीको सुत्ने कोठामा हत्या भएको थियो। भोलिपल्ट आफ्नै ओछ्यानमा उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो।
पक्राउ परेका मृतक रेग्मीका सालो खातीलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको डीएसपी मिश्रले बताए।

प्रतिक्रिया