समाज


यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ९:३२,

यदु गौतम प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ जाजरकोटका पत्रकार वीरबहादुर गिरीलाई प्रदान गर्ने भएको छ।

पुरस्कार छनोट समितिको आज बसेको बैठकले उनलाई पुरस्कार अर्पण निर्णय गरेको हो। समितिका संयोजक सूर्य थापाको संयोजकत्वमा बसेको बैठकले पत्रकार गिरीलाई पुरस्कार दिने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिए।

मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष सो प्रदान गरिने सो पुरस्कारको राशी रु १५ हजार सहित प्रमाणपत्र रहेको छ।

गत वर्ष पत्रकार मनिषा केसीलाई सो पुरस्कार प्रदान गरिएको थियो। तत्कालीन नेकपा (एमाले)का सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो। पुरस्कार यही फागुन २१ मा वितरण गरिने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad