समाज


बेपत्ता झा दम्पतीका विषयमा शंकास्पदहरुसँग सोधपुछ गर्दै प्रहरी, अहिलेसम्म कोही पक्राउ परेनन्

बेपत्ता झा दम्पतीका विषयमा शंकास्पदहरुसँग सोधपुछ गर्दै प्रहरी, अहिलेसम्म कोही पक्राउ परेनन्

शैलेन्द्र महतो
फागुन ११, २०७७ मंगलबार १०:५९,

महोतरीमा बेपत्ता दम्पतीको विषयमा प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य तीव्र पारेको छ।

शंकास्पद व्यक्तिहरुलाई बोलाएर बेपत्ता दम्पतीबारे सोधपुछ गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

‘अनुसन्धानको लागि केही शंकास्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरिहेका छौं’, उपरीक्षक केसीले नेपालखबरसँग भने, ‘पक्राउ अहिलेसम्म कसैलाई गरिएको छैन। खोजी कार्य तीव्र पारेका छौं।’

विवादित जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका पिपरा गाउँपालिका –५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमती ६० वर्षीय गीतादेवी झा सोमबार राति सुतेकै ठाउँबाट बेपत्ता भएका छन्।

राति खाना खाएर ११ बजे छुट्टाछुट्टै कोठामा सुतेका झा दम्पती बिहान ओछ्यानमा नदेखेपछि र ओछ्यान नजिक रगतका छिटा देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

रगतको छिटाले घटना शंकास्पद बनेको र दुवै जनाको अपहरण भएको हुन सक्ने भन्दै स्थानीयले यथाशीघ्र खोजी गरिदिन बिहानैदेखि जनकपुर जलेश्वर सडक–खण्ड अवरुद्ध गरेका छन्। यद्यपि सडकको दुबै छेउबाट गाडी चलिरहेको महोत्तरीका प्रहरी उपरीक्षक केसीको भनाइ छ।

झा मालपोतका अवकाश प्राप्त कर्मचारी हुन्। एक मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका झाको विपक्षीसँग केही दिनअघि विवाद भएको थियो।

याे पनि :  महोत्तरीमा जग्गा मुद्दामा साक्षी बसेका व्यक्तिको दम्पति नै बेपत्ता, सुतेको ठाउँमा रगत !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad