समाज


बाँकेमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बाँकेमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ६:११,

बाँकेको कोहलपुरमा मंगलबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए।

उनका अनुसार, दुर्घटनामा परी घाइते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ। घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस चालक फरार रहेका छन्।

बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना८च ५४५६ नं को टिपरले सडकमा गुडिरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ।

दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार, टिपरले मृतक खड्का सवार भे८प ३७९५ नं को मोटरसाइकल र भे५प ३८८९ नं को अर्को मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो।

दुर्घटनामा ५१ वर्षीय सञ्जय चन्द घाइते भएका छन्। दुई मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र चालकलाई गएराति नै नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उपरीक्षक खनालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad