अन्तरालको आयोजना र रक्षक सेक्युरिटीजको सहकार्यमा नेपालगञ्जको होटल बाटिकामा आयोजना गरिएको दोश्रो नेपालगञ्ज फोटो फेस्टिबल प्रतियोगिताको विजेता घोषणा भएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटोहरु समावेश हुन पाउने गरी ६ विधामा फोटो प्रतियोगिता भएको थियो।
संस्कृति तथा पर्यटन, दैनिक जनजीवन, समाचार, नेपाल स्माइल, वन्यजन्तु तथा प्रकृति, खेलकुद र फोटो कथा गरि ७ विधामा करिब १ सय फोटोग्रफरहरुबाट झण्डै ४ सय फोटोहरु प्राप्त भएको थियो।
निशु जोशीको बर्दिया र कैलालीको बीचमा रहेको कर्णाली नदी तर्नका लागि संकटीघाटमा डुंगा (स्टीमर) चढ्दै गरेको तस्बिर यस वर्षको उत्कृष्ट तस्बिर भएको छ।
यसैगरी अमित रावलको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको दीक्षान्त समारोहमा मुस्कुराइरहेको प्रहरी फोटो नेपाल स्माइल विधाको विजेता भएको छ भने बरम बुढामगरको धार्मिकस्थल झिमा बराहक्षेत्र तस्बिर संस्कृति र पर्यटन विधामा विजेता बन्न सफल भएको छ।
दैनिक जनजीवन विधामा मैत्या घर्ती मगरको चिसो भुईंमा बसेर परीक्षा दिँदै महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरूको तस्बिर बिजेता बन्दा विक्रम बुढाक्षेत्रीको फुटबल खेलको तस्बिर खेलकुद विधामा बिजेता भएको छ। समाचार विधामा रामु वलीको फोटोले पुरस्कार जितेको छ।
संस्कृति र पर्यटन विधामा बरा बुडामगरको फोटोले जितेका छ भने वन्यजन्तु/पर्यावरण रोमीन चौधरीको फोटोले जितेको छ।
प्रत्येक विधाको उत्कृष्ट फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार पुरस्कार प्रदान गरिने दोश्रो नेपालगञ्ज फोटो फेस्टिबलको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए।
फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीको अध्यक्षता भएको निर्णायक मण्डलले बिजेता सहित उत्कृष्ट १ सय २ तस्बिरहरुको छनौट गरेको हो।

प्रतिक्रिया