महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ र रेस्टुरेन्ट सञ्चालक अनिस जोशी ११ लाख रुपैयाँअतिरिक्त रकमसहित पक्राउ परेका छन्।
भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी प्रहरी हवल्दार श्रेष्ठले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार आयोगको टंगालबाट खटिएको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट ११ लाख रुपैयाँ अतिरिक्त रकम लिई वल्ड टाउन क्याफे एण्ड पव रेस्टुरेन्ट चावहिलका सञ्चालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिएको हो।
आइतबार नियन्त्रणमा लिइएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया