समाज


महोत्तरीमा विवाहको रथ अचानक गुडेर बालिकालाई किच्यो, घटनास्थलमै मृत्यु

महोत्तरीमा विवाहको रथ अचानक गुडेर बालिकालाई किच्यो, घटनास्थलमै मृत्यु

शैलेन्द्र महतो
फागुन २५, २०७७ मंगलबार १:११,

विवाहको रथले किचेर महोत्तरीमा १८ महिने बालिकाको मृत्यु भएको छ। 

आमासँग औहरी नगरपालिका-५ श्रीपुरमा मावली पुगेकी गौशाला नगरपालिका फुल्काहा निवासी कमलेश यादवकी दुधे छोरी प्रियंका कुमारीलाई रथले किचेको हो। 

सोमबार साँझ सवा ७ बजे रोकिराखेको बीआर १ एपी ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकालाई किच्दा घटनास्थलमै मृत्यर भएको इलाका प्रहरी कार्यालय (गौशाला) ले जनाएको छ।

पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल (जलेश्वर) लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad