समाज


विश्वकै शक्तिशाली अमेरिकी नौसेना उडुसका कारण आतंकित!

विश्वकै शक्तिशाली अमेरिकी नौसेना उडुसका कारण आतंकित!

नेपालखबर
फागुन २९, २०७७ शनिबार १२:१५,

परमाणु तथा अत्याधुनिक हतियार, प्रविधि नियन्त्रित सैन्य अस्त्र अमेरिकी नौसेनाको सबल पक्ष हुन्।

अमेरिकी सेना भनेपछि विश्वका शक्तिशाली राष्ट्रहरु पनि आतंकित हुन्छन्।

तर यहाँ अमेरिकी नौसेना भने उडुसका कारण हैरान भएको पाइएको छ।

उडुसले गतवर्ष देखि अमेरिकी नौसेनाको एउटा पनडुब्बीमा आतंक मच्चाएको डेली मेलले जनाएको छ।

यूएसएस कनेक्टिकट पनडुब्बीमा गत वर्षदेखि उडुस परेको र उडुसले राति, बिहान, दिउँसो हरेक समय टोक्ने गरेको त्यहाँका सैन्य अधिकारीहरुले बताएका छन्।

यस पनडुब्बी निकै महँगो हो। यसको मूल्य ६ अर्ब अमेरिकी डलर हो। तर उडुसकै कारण नौसेनाहरु कुर्सीमा सुत्न बाध्य भएको बताइएको छ।

हरेक समय यसले टोक्ने भएपछि यहाँ तैनाथ नौसेनाहरु हैरान भएको र उनीहरुले उडुसको समस्याबाट छुट्कारा पाउनका लागि सहयोग माग गरेका छन्।

सन् २०२० को मार्चदेखि यूएसएस कनेक्टिकट पनडुब्बीमा उडुस देखिएको बताइएको छ।

नेभी टाइम्ससँग एक सेनाले भनेका छन्,‘एक वर्षदेखि उडुसको समस्या देखिएको छ। उडुसले हरेक समय टोकेपछि सबै चिन्तित छन्।’

सुत्नसमेत राम्रोसँग नपाएको उनीहरुको गुनासो छ।

हाल यो पनडुब्बी वासिङ्टनको किटसाप–ब्रिमर्टन बेसमा छ। त्यस पनडुब्बीको उडुस चाँडै सखाप बनाइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .