कैलालीको टिकापुरमा शंकास्पद बस्तु फेला परेको छ। टिकापुर नगरपालिका–१ स्थित खाद्य गोदाम नजिकै नाली खन्ने क्रममा उक्त वस्तु फेला परेको इलाका प्रहरी कार्यालय टिकापुरका डीएसपी मधुसुदन न्यौपानेले बताए।
उक्त वस्तु बम भएको आशंकामा नेपाली सेनालाई खबर गरिएको छ। नेपाली सेनाको डिस्पोजल टोली भोलि सोमबार बिहान मात्रै आउने भएपछि उक्त क्षेत्र प्रहरीको निगरानीमा राखिएको डीएसपी न्यौपानेले नेपालखबरलाई बताए।
स्टीलको डब्बाभित्र प्लास्टिकले बेरिएको अवस्थामा रहेको उक्त वस्तु डोजरले नाली खन्ने क्रममा फेला परेको हो।

प्रतिक्रिया