समाज


एआईजी पालले सुरु गरे ललितपुर प्रहरीको हिरासतभित्रै ‘पुस्तक कर्नर’

एआईजी पालले सुरु गरे ललितपुर प्रहरीको हिरासतभित्रै ‘पुस्तक कर्नर’

नेपालखबर
चैत १०, २०७७ मंगलबार १५:२४,

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले प्रहरीलाई नागरिक मैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

मंगलबार प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा एआईजी पालले प्रहरीको आचरण व्यवहार असल हुनु पर्ने र नागरिकलाई सहज ढंगले सेवा प्रदान गर्न निर्देशन दिए।

अनुशासित र लगनशील भएर तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगले सम्पादन गर्न एआईजी पालले भनेका हुन्।

hari-pal-aig.jpg

परिस्थित शाखाहरुको निरीक्षण गरेका पालले हिरासतको पुस्तक कर्नरमा केही पुस्तक प्रदान गर्दै शुभारम्भ गरेको परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

कार्यक्रममा ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यसहित प्रहरी अधिकारीहरु सहभागी थिए।

lalitpur-parisar.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad