काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको भन्दै सतर्कताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ५ बुँदे अपिल जारी गरेको छ।
मौसममा अचानक आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ। शुक्रबार दिउँसो काठमाडौं उपत्यकाको आकाश एक्कासि धुम्म भएको थियो।
मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेको हो।
फोहोरको उचित व्यवस्थापन गर्न तर नजलाउन मन्त्रालयले आग्रह गरेको छ। धुलो धुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
अत्यावश्यक नभई सवारीसाधन नचलाउन तथा प्रदूषण कम गर्ने कार्यमा सघाउनसमेत मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ।
हेर्नुहोस्, मन्त्रालयको अपिल :

यो पनि : ‘तीन जिल्लामा डढेलो लाग्दा काठमाडौंको मौसम एक्कासि प्रतिकूल’

प्रतिक्रिया