समाज


माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

नेपालखबर
चैत १७, २०७७ मंगलबार ७:१०,

भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ।

करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

‘माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ। त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला प¥यो’, उनले भने, ‘नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ। घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ। शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ।’

मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ।

स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ।

आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad