सिराहाको लहानमा लुटेरा समूहले एक व्यवसायीको पसलबाट सुनचाँदी लुटेको छ। सोमबार बेलुका स्थानीय व्यवसायी राजेश सारडाको सुन पसल लुटपाट भएको हो।
सुनचाँदी लुटेर बा१०च ९३०२ नं को गाडीमा सो समूह भागेको थियो। सो कार्यमा प्रयोग भएको गाडी र सुनचाँदी प्रहरीले नियन्त्रणमा लिएको एसपी सुदीपराज भण्डारीले बताए।
राजेशको घरमा भएको सुनसहितको लकर उनकै गाडीमा राखेर लगेको प्रहरीले जनाएको छ।
सुन लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन।

यसअघि शनिबार राति लहान नगरपालिका–१३ गढियाचोक स्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटपाट भएकाे थियाे।
साे घटनाका कारण व्यवसायीहरु असुरक्षित भएकाे भन्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज साेमबार मात्रै विज्ञप्ति प्रकाशित गरी सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे थियाे।
यो पनिः

प्रतिक्रिया