समाज


वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुरोग बढ्दै, यस्तो आयो अध्ययनको निष्कर्ष

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुरोग बढ्दै, यस्तो आयो अध्ययनको निष्कर्ष

नेपालखबर
बैशाख २२, २०७८ बुधबार २३:४५,

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ।

एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख छ।

मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन्।

अध्ययन प्रतिवेदनमा अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनको निष्कर्ष समेटिएको छ।

बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताले बताएका छन्।

बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष  निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुको दाबी छ।

अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागी थिए।

‘अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्वन्ध देखेका छौँ,’ अध्ययनमा संलग्न भएका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी)ले भने।

दुई पक्षको सम्वन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफुले भेटेको उहाँले बताए। लामो र छोटो अवधिमा अध्ययन गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि अध्ययन गरिएको उनीहरुको भनाई छ।।

अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad