समाज


बहराइनका राजकुमारसहित १६ जनाको टोली मंगलबार बिहानै सगरमाथा चुचुरोमा

बहराइनका राजकुमारसहित १६ जनाको टोली मंगलबार बिहानै सगरमाथा चुचुरोमा

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ३:२०,

बहराइनका राजकुमारसहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।

पर्यटन विभागका अनुसार बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले मंगलबार बिहान सगरमाथाको सफ आरोहण गरेको हो।

विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान साढे ५ देखि साढे ६ बजेको बीचमा राजकुमार खालिफासहितको १६ सदस्यीय सेभेन समिट टोलीले सगरमाथाको सफल आरोहण गरेको हो।

‘बहराइनको राजकुमारसहितको टोलि विश्वको सर्वोच्च शिखर तथा नेपालीको गौरब, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गर्न सफल भएको जानकारी प्राप्त भएको छ,’ आचार्यले भनिन्।

बहरेनी टोली शुक्रबार क्याम्प २ मा पुगेको थियो। शनिबार क्याम्प २ मा आराम गरी टोली आइतबार क्याम्प ३ मा पुगेको थियो। सोमबार सगरमाथाको दक्षिण क्षेत्रबाट आरोहण सुरु गरेको टोलीले मंगलबार विहानै सगरमाथाको चुचुरो चुमेको हो।

गत वर्ष मनास्लु र लोबुचे हिमाल आरोहण गरी फर्किएको बहरेनी टोली सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आइपुगेको थियो।

राजकुमार खालिफासहितको १६ जनाको टोलीमा बहरेन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहरेनी नागरिक र अन्य तीन जना बेलायती नागरिक छन्।

सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो। राजकुमार खालिफा सहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो।

टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने नेतृत्व १९ वर्षका टासी लाक्पा शेर्पाले गरेका छन्। शेर्पा कृत्रिम अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका हुन्। मंगलबार कम्तीमा ३० जना विदेशीसहित ६५ जनाभन्दा धेरै सगरमाथाको शिखरमा पुगेका र थप विवरण आउन बाँकी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad