समाज


वाईसीएल र युवा संघले बनाए रोल्पामा १५ सय्याको आइसोलेसन केन्द्र

वाईसीएल र युवा संघले बनाए रोल्पामा १५ सय्याको आइसोलेसन केन्द्र

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ११:२२,

माओवादी केन्द्र निकट वाईसीएल र एमालेको माधव नेपाल समूह निकट युवा संघले रोल्पामा १५ सय्याको आइसोलेसन केन्द्र बनाएर जिल्ला अस्पताललाई हस्तान्तरण गरेका छन्।

वाईसीएल रोल्पा नगर कमिटीका सचिव सन्तोष पुनका अनुसार स्थानीय बाँस र खर प्रयोग गरी नगरभित्रै बनाइएको आइसोलेसन केन्द्र आज बिहीबार रोल्पा जिल्ला अस्पताललाई हस्तारण गरिएको हो।

पुनले एक हप्तामा निर्माण गरिएको आइसोलेसन केन्द्र जिल्ला अस्पताल रोल्पाका अध्यक्ष फविन्द्र आचार्य, रोल्पा नगरपालिकाका मेयर पुरन क्षेत्री र जिल्ला अस्पतालका डाक्टर प्रकाश बुढालाई हस्तान्तरण गरिएको बताए।

Rolpa Santosh2

‘हामीले बाँस र खर प्रयोग गरेर श्रमदानबाट बहुउदेश्यीय आइसोलसन केन्द्र बनाएका हौँ’, पुनले भने, ‘यसबाट रोल्पामा बढ्दो कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

करिब दुई लाख मूल्य बराबरको जन श्रमदानबाट बनाइएको आइसोलेसन केन्द्रमा जिल्ला अस्पतालले संक्रमितको उपचारका लागि अक्सिजन लगायतका सुविधा थपेर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

रोल्पामा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय २६ जना पुगेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .