ad ad

समाज


अति शक्तिशाली चक्रवातको असर नेपालमा पनि पर्दैछ, सजग रहनू : मौसमविद्

अति शक्तिशाली चक्रवातको असर नेपालमा पनि पर्दैछ, सजग रहनू : मौसमविद्

नेपालखबर
जेठ २, २०७८ आइतबार १२:५७,

पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात् ‘TaukTae’ अझ विकसित हुने क्रममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि देशको पूर्वी भेगमा केही असर पर्ने सम्भावना देखिएकाले सजग रहन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।

महाशाखाका अनुसार चक्रवातका कारण मंगलबारबाट देशका धेरै स्थानमा मौसम सामान्यदेखि पूर्णसम्म बदली हुने सम्भावना छ। बुधबार बेलुकादेखि शुक्रबारसम्म भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पनि थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार साँझ ६ बजे विशेष बुलेटिन जारी गर्दै भनेको छ : ‘यो सिजनमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

यस अवधिमा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत मौसम महाशाखाले अनुरोध गरेको छ।

बुलेटिनमा भनिएको छ : ‘मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातलाई निरन्तर अनुगमन गरिरहेको हुनाले मौसम अद्यावधिक गरिरहनु होला।’

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार सोमबार चक्रवात भारतको गुजरात प्रवेश गर्ने सम्भावना छ। जमिनमा प्रवेश गरेपछि त्यसले कुन दिशा समात्छ भन्ने कुराले नेपालमा पर्ने असर अनुमान गर्न सकिन्छ।

‘चक्रवात् समुद्री तटमा रहँदासम्म त्यसको ‘ट्रयाक’ सजिलै अनुमान गर्न सकिन्छ, तर त्यो जमिनमा प्रवेश गरेपछि कुन बाटो लाग्छ भन्ने अनुमान गर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘यसैले यसको छिनछिनमा अपडेट गर्नुपर्ने हुन्छ। हामी अपडेट गरिरहेका हुन्छौं, तपाईंहरूले अपडेट लिइराख्नुपर्ने हुन्छ।’

भारतमा क्षति हुन सुरु
भारतीय सञ्चारमाध्यमका अनुसार अरब सागरमा बनेको ‘ताउ ते’ चक्रवातले गुजरात र महारष्ट्रसहित भारतका ७ राज्यमा विध्वंस मच्चाउन सुरु गरेको छ।

indiachaभारतको गोवामा चक्रवातको सबैभन्दा बढी असर परेको छ। यहाँ तीव्र गतिमा हावा चलेका कारण रूखहरू ढलेका छन्। तस्बिर : दैनिक भास्कर

कर्नाटकको ६ जिल्लामा यसको धेरै असर परिरहेको छ। यस जिल्लाका ७३ गाउँ चक्रवातबाट प्रभावित भएका छन्। जसका कारण राज्यमा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टायता ठूलो वर्षा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .