झापाको मेचीनगर नगरपालिका ९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ।
गत राति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाउँ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो।
घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राति सवा २ बजे मृत्यु भएको हो।
हात्तीलाई प्रहरी र स्थानीयबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ।

प्रतिक्रिया