एकैदिनमा धेरैको मृत्यु भएता पनि भारतमा कोरोनाको प्रभाव निकै कम हुँदै गएको छ। लगातार २५ दिनसम्म ३ लाखभन्दा बढीले भारतमा संक्रमित थपिरहेका थिए।
तर सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।
सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।
अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।
कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।
#Unite2FightCorona
India registered highest #COVID19 recoveries of over 4 lakh in the last 24 hours. Together, we can win the battle against COVID-19. pic.twitter.com/Ox3qV4hwEi

प्रतिक्रिया