समाज


डब्लूएचओ भन्छः विश्वभर कोरोनाकाे संक्रमण र मृत्युदर घट्यो

डब्लूएचओ भन्छः विश्वभर कोरोनाकाे संक्रमण र मृत्युदर घट्यो

नेपालखबर
जेठ १२, २०७८ बुधबार ६:१०,

गतहप्ता र पहिलेको तथ्यांकलाई मध्यनजर गर्दै डब्लूएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदर घटेको बताएको हो।

डब्लूएचओका अनुसार गतहप्ता विश्वभर ४१ लाख नयाँ कोरोना संक्रमित थपिँदा ८४ हजारको संक्रमणका कारण मृत्यु भएको थियो।

त्योभन्दा पहिलेको हप्ताको तुलनामा संक्रमण दरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशत गिरावट आएको डब्लूएचओको भनाइ छ।

यसहप्ता पनि दैनिक संक्रमित र मृतक संख्यामा कमी आइरहेको बताइएको छ। रिपोर्टअनुसार यो हप्ता युरोपेली क्षेत्रमा संक्रमण र मृत्युदरमा उल्लेखनीय कमी आएको छ।

त्यस्तै दक्षिण पूर्वी एसियाको पनि अवस्था सुधारउन्मुख भएको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad