अहिले (बुधबार) बिहान प्रदेश १ लगायत पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी ३ दिन मौसम यस्तो रहने अनुमान:
जेठ १९ गते
दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
राति : प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जेठ २० गते बिहीबार
दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ। प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जेठ २१ गते शुक्रबार
दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया