समाज


उपत्यकामा जेठभर निषेधाज्ञा, बिहान ९ बजेसम्म खाद्यान्न पसल खुल्ने

उपत्यकामा जेठभर निषेधाज्ञा, बिहान ९ बजेसम्म खाद्यान्न पसल खुल्ने

नेपालखबर
जेठ १९, २०७८ बुधबार ७:१९,

काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा हुने भएको छ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

बुधबारको बैठकले खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो।

यस्तै निर्माणका काम पनि सञ्चालन हुने भएका छन्।

रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ।

अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad