समाज


संखुवासभामा पहिलोपटक आइसियू सेवा सुरु हुँदै

संखुवासभामा पहिलोपटक आइसियू सेवा सुरु हुँदै

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ४:५६,

पूर्वी पहाडी जिल्ला संखुवासभामा पहिलोपट आइसियू सेवा सुरु हुने भएको छ। जिल्ला अस्पताल खाँदबारीमा जिल्लामै पहिलोपटक आइसीयू सेवा सञ्चालन हुन लागेको हो।

आइसीयू सञ्चालनका लागि बिहीबार जिल्ला अस्पताल र कुलिना शैक्षिक गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गरेको छ। जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो।

जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक तीन लाख अस्पताललाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। आइसीयू सञ्चालनका लागि मासिक तलब गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरी सम्झौता गरिएको छ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताए। मुलुकमा दिनानुदिन मानिस कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाइरहेकाले आफूहरूले सकेको सहयोग गरेको शेर्पाले जानकारी दिए।

आवश्यक जनशक्तिका लागि गुठीले छ महिनाका लागि १८ लाख उपलब्ध गराउने सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए। जिल्ला अस्पताल सङ्खुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भइरहेको छ।

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्या सञ्चालनमा रहेको छ । सङ्खुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा आउने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad