समाज


आम सञ्चार प्रतिष्ठान गठन गर्ने सरकारको निर्णय

आम सञ्चार प्रतिष्ठान गठन गर्ने सरकारको निर्णय

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १४:३२,

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परिक्षण गर्नका लागि भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।

सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परीक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताएका हुन्। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।

उनले भने, ‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सिप परिक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ। कुनैपनि सेवा क्षेत्रमा प्रवेश गर्नको लागि आधारभुत दक्षता, परिक्षण र उर्तिणको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ। यस क्षेत्रको विज्ञहरुको राय, सल्लाह बमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको छ।’

मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत अगाडि बढाइसकिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad