समाज


बौद्धमा बोराभित्र भेटियो मानिसको एउटा खुट्टा!

बौद्धमा बोराभित्र भेटियो मानिसको एउटा खुट्टा!

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ३:५०,

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोराभित्र मानिसको एउटा खुट्टा भेटिएको छ।

खबर पाउनासाथ मंगलबार बिहान चिकित्सकसहित घटनास्थल पुगेको महानगरीय प्रहरीको टोलीले मानिसको एउटा मात्र खुट्टा भएको बोरा अनुसन्धानका लागि लिएर गएको छ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिक खाली जग्गामा बोराभित्र मानिसको एउटा खुट्टाको भाग मात्र भेटिएको हो। 

jorpati sab1घटनास्थल।

‘बोरोभित्र केही पराल र जलेको अवस्थामा मानिसको एउटा मात्र खुट्टा भेटिएको छ,’ एसएसपी सिंहले नेपालखबरसँग भने, ‘अन्यत्र कतै हत्या गरेर यहाँ खुट्टा मात्रै फालिएको हुन सक्छ।’

उनका अनुसार दाहिने खुट्टाको भाग भएको र त्यो बच्चाको नभएको देखिएको छ तर महिला हो कि पुरुष अहिले पहिचान हुन सकेको छैन।

हत्या दुई हप्ताजति अगाडि नै भएको जस्तो देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad