समाज


मौसम विभागले फेरि भन्यो : यसपालि व्यापक वर्षा हुन्छ, एकदमै होसियारी अपनाऊँ

मौसम विभागले फेरि भन्यो : यसपालि व्यापक वर्षा हुन्छ, एकदमै होसियारी अपनाऊँ

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ०:२८,

मनसुन देशभर क्रमशः सक्रिय भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले यसपालि औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानबाट बच्ने सुरक्षा अपनाउन सम्बन्धित सबै पक्षलाई पुनः सुझाव दिएको छ। 

‘यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु।’

मौसम विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान, प्रदेश नम्बर १ का मध्य तथा पश्चिम पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नम्बर २ को पश्चिमी भेगमा सरदर वर्षा हुने तथा प्रदेश नम्बर १ को तराई र प्रदेश नम्बर १ का पूर्वी जिल्लामा सरदभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

हेर्नुहोस्, मौसम विभागको सूचना :

mausam bivagsu

 

आजदेखि मंगलबारसम्मको मौसम अनुमान : कहाँ–कहाँ कस्तो होला वर्षा?
मौसम पूर्वानुमान महाशाखाका अनुासर हाल प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव छ भने बाँकी स्थानमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव छ।

अहिले (आइतबार बिहान) देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन यस्तो छ:

जेठ ३० गते आइतरबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वबर्षाको समेत सम्भावना छ।

जेठ ३१ गते सोमबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश, तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साँझ : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार १ गते मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साँझ : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .