काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि एक हप्ता थप्ने तयारी गरिएको छ।
कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।
‘त्यसका लागि हामी तीन जिल्लाका सीडीओ भरे वा भोलि बिहानै बैठक बस्दै र्छौ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले आइतबार बिहान नेपालखबरसँग भने, ‘अरू एक हप्ता थपिन्छ कि?’
अब सार्वजनिक यातायात पनि खुलाउने हो कि?
‘यो त अहिल्यै भन्न सकिन्न,’ उनले भने, ‘हामी छलफलमै बसेका छैनौं।’
तर थपिने निषेधाज्ञा अझ सहज बनाउने सम्भावना रहेकाे उनले बताए।
‘अरू सहज हुन सक्छ,’ उनले भने, ‘तर बैठक बसेर टुंगो नलगाउँदासम्म यस्तै हुन्छ भन्न सकिन्न।’

प्रतिक्रिया