समाज


तनहुँमा बाढीले पक्की पुल बगायो

तनहुँमा बाढीले पक्की पुल बगायो

नेपालखबर
असार १७, २०७८ बिहिबार १:५३,

तनहुँको व्यास नगरपालिकामा रहेको एउटा पक्की पुल बाढीले बगाएको छ।

व्यास नगरपालिका १ र १३ जोड्ने छाब्दि दोभानको पक्कि पुल छाब्दी खोलामा आएको बाढीले बगाएको हो।

हिजोदेखि परेको अविरल वर्षाले छाम्दी खोलामा ठूलो बाढी आएको छ।

बाढीले पुल बगाएसँगै बुद्धसिं मार्ग र केशवटार मार्गका सवारी संचालनमा अवरोध आएको तनहुँका संचारकर्मी उज्ज्वल पौडेलले जानकारी दिए।

खोलामा आएको बाढीका कारण आसपासका घरहरु समेत जोखिमा रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .