समाज


प्रहरी महानिरीक्षकले रवि लामिछाने भेटे

प्रहरी महानिरीक्षकले रवि लामिछाने भेटे

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार १३:१९,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्याका लागि बाध्य पारेको बताएका छन्।

साेही भिडियाेकाे आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते पक्राउ गरी चितवन लगेकाे थियाे।

२०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत चितवनले पटक–पटक आदेश गर्दै उनीहरुलाई कूल १० दिन थुनामा राख्न अनुमति दिएको छ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन पुर्‍याएदेखि चितवनमा हरेक दिन प्रदर्शन भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad