समाज


चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, ३६ घाइते

चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु, ३६ घाइते

नेपालखबर
असोज १२, २०७६ आइतबार ८:८,

चीनमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ।

देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो। दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए।

यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको सिन्ह्वाले जनाएको छ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad