गुल्मीको कालीगण्डकी गाउँपालिकाका दुई छिमेकीबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा ढकालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलका अनुसार झगडामा घाइते भएका ढकाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
टोपबहादुरलाई राति १ बजे रुरु गाउँपालिकाको रिडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ। ढकाल र सार्कीबीच यसभन्दा पहिले पनि आपसी मनमुटाव हुँदै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया