समाज


वर्षाले दसैं बिगार्ला कि नबिगार्ला?

वर्षाले दसैं बिगार्ला कि नबिगार्ला?

नेपालखबर
असोज १७, २०७६ शुक्रबार २:३,

अहिलेसम्मकाे अनुमानअनुसार पानी पार्ने प्रणाली मनसुन दिनप्रतिदिन कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन्। दसैंमा वर्षाले खासै असर नपुर्‍याउने उनीहरूको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दसैं अवधिभर मनसुन नबाहिरिने भए पनि सामान्य, क्षणिक वर्षाबाहेक त्यस्तो ठूलो पानी पर्ने सम्भावना छैन।

‘मनसुन क्रमशः कमजोर नै हुँदै गएको देखिएको छ,’ मौसविद् पोखरेलले नेपालखबरसँग भनिन्, ‘त्यस्तो आत्तिन पर्ने अवस्था छैन, दसैंमा ठूलो पानी पर्ने सम्भावना छैन।’

वर्षा भए पनि छिटफुट, क्षणिक र सामान्य खालको मात्र हुने उनको अनुमान छ। ‘कतै कतै मध्यसम्म पनि वर्षा हुन सक्ने देखिन्छ,’ उनको अनुमान छ, ‘तर बाढीपहिरो जाने, सतर्कता अपनाउनुपर्ने अवस्था छैन।’

भारतको पूर्वी उत्तर प्रदेश तथा विहार आसपास न्यून चापीय प्रणाली छ। त्यस्तै अर्को न्यून चापीय प्रणाली बंगलादेश आसपास छ। यिनै मौसमी प्रणालीको सामान्य प्रभाव नेपालमा परेको हो।

आजको अवस्था के छ?
मौसमविद् विभूति पोखरेलका अनुसार आज लगभग देशैभर आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा सामान्य वर्षा हुने सम्भावना छ।

‘यही स्थानमा भनेर तोक्न गाह्रो छ, सम्भावना देशैभर छ,’ उनले भनिन्, ‘तैपनि विशेष गरी मध्य र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना छ।’

तर कतै भारी वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ।

 यस्तो छ ३ दिनको मौसम अनुमान
असोज १७ गते शुक्रबार
दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १८ गते शनिबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा आंसशकदेखि सामान्य बदली रही थोरै स्थानमा र पश्चिमी भूभागमा आंसशक बदली रही १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १९ गते आइतबार
दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंसशकदेखि सामान्य बदली रही थोरै स्थानमा र पश्चिमी भूभागमा आंसशक बदली रही १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। #माैसम पूर्वानुमान महाशाखा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad