दाङमा पौडी खेल्दा दुई किशोरीको मृत्यु भएको छ।
बिहीबार साँझ स्थानीय सिमलसोता खोलमा पौडी खेल्ने क्रममा पानीमा डुबेर लमही नगरपालिका–९ की १४ वर्षीया टीका घर्ती मगर र घोराही– १० नारायणपुरकी १५ वर्षीया निरू बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू कक्षा नौ का विद्यार्थी हुन्।
पौडी खेल्दाखेल्दै दुबै किशोरी डुबेका थिए। उनीहरुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरि लमही अस्पताल लगेका थिए।
उपचारकै क्रममा उनीहरुको मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए।

प्रतिक्रिया