समाज


आज महानवमीमा मात्र खुल्ने तलेजु मन्दिरमा भक्तजनकाे भीड

आज महानवमीमा मात्र खुल्ने तलेजु मन्दिरमा भक्तजनकाे भीड

नेपालखबर
असोज २०, २०७६ सोमबार १:४,

दसैंको नवौं दिन आज (सोमबार) महानवमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै छ।

घटस्थापनाका दिन राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।

साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेले भने आ–आफ्नो कुलपरम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउँछन्।

देशका धेरै ठाउँमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

महानवमीका अवसरमा आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

आज बिहानै हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ।

वर्षमा एकपटक महानवनीका दिन खुल्ने तलेजु भवानीमा भक्तजनकाे भीड
हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि वर्षमा एकपटक महानवमीका दिन मात्र आजै खुलाइन्छ।

71757513 700504643760974 1874068448003227648 n

वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज त्यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ।

72221842 556597355124345 4821386405085184000 n

तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन बिहानैदेखि लाममा बसेका छन्।

72331276 452473848695679 3244133891253993472 n

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad