समाज


सी भ्रमणबारे युवाः रेल पनि आइदिए राम्रै हुन्थ्यो (भिडियो)

सी भ्रमणबारे युवाः रेल पनि आइदिए राम्रै हुन्थ्यो (भिडियो)

नेपालखबर
असोज २४, २०७६ शुक्रबार १२:२५,

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल भ्रमणमा आउँदै छन्। उनको भ्रमणलाई लिएर नेपाली जनताले थुप्रै आशा र आकांक्षा राखेका छन्। यसै सन्दर्भमा नेपालखबरले केही युवाहरुसँग सीको भ्रमणबा क्रममा गरिने अपेक्षाबारे उनीहरुको धारणा मागेको छः

विशाल अधिकारी
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपाल–चीनबीचको सम्बन्धलाई थप सुमधुर पार्ने मेरो विश्वास छ। यो भ्रमण नेपालको विकासमा एउटा कोशेढुंगा सावित हुने देखिन्छ। करिब २३ वर्षपछि चीनबाट उच्चस्तरको भ्रमण हुँदै गर्दा नेपालको पूर्वाधार विकासमा चीनले सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ।

bishal adhikara

चाँडै नै केरुङबाट आउने रेल चढेर नेपालीहरुले यात्रा गर्न पाउन्। सुपुर्दगी सन्धिमा हस्ताक्षर भएको भए राम्रो हुन्थ्यो त्यो नभए पनि दुई देशबीच आपसी हितमा काम होस् भन्ने मेरो शुभकामना छ।

अञ्जु तामाङ
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने कुरा मिडियामा मैले धेरै सुनिरहेकी छु। उहाँ नेपाल आउनुभयो भने नेपाल र चीनबीच डिप्लोमेटिक सम्बन्ध कायम हुनेछ। नेपाल सरकार र जनताका लागि यो खुसीको कुरा हो। हामीजस्तो विकाशोन्मुख राष्ट्रका लागि चीनसँगको सम्बन्ध विस्तार गर्नु भनेको दीर्घकालिन हितको पक्षमा हुनेछ।

anju tamang

अहिले राष्ट्रपतिको भ्रमणलाई लिएर जसरी अस्थायी पूर्वाधार निर्माणको काम भइरहेको छ यो काम सधैँभरी यसैगरी होस् भन्ने मेरो चाहना छ। चीनले नेपालमा रेल ल्याउने कुरा पनि सुनेकी छु। तर, यो कुरा मलाई त्यति धेरै थाहा छैन। हाम्रो प्रधानमन्त्रीले भनेको सुनेकी थिएँ। आउँछ–आउँदैन भन्ने कुरा चिनियँ राष्ट्रपतिको भ्रमणले तय गरोस्।

गरिमा केसी
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने कुरा काठमाडौंँको सजावटले देखाएको छ। उहाँको पोस्टरहरु देखिएको छ। काठमाडौं सिंगारिएको छ। अरुबेला जनताले धुलो–धुँवामा दुःख खप्नु परेको छ। सधैँभरी यस्तै भइदिए हुन्थ्यो भन्ने मेरो चाहना छ।चीनले नेपालमा रेल ल्याउने कुरा छ। आइदिए राम्रै हुन्थ्यो। 

garima kc

चीन विकसिल देश हो। नेपालमा चीनले यो बेलामा धेरै सेवा–सुविधा दिए हुन्थ्यो भन्ने मलाई लाग्छ। सबैभन्दा महत्वपूर्ण कुरा त अहिले हामीलाई बाटोको समस्या छ। काठमाडौंमा मात्र राम्रो बाटो भएर हुँदैन दुर्गम क्षेत्रमा अवस्था निकै दुःखद् छ। बाटोको राम्रो व्यवस्थापनमा चीनले सहयोग गरिदिए हुन्थ्यो भन्ने लाग्छ। साथै, शिक्षाको क्षेत्रमा पनि केही सहयोग गरिदिए हुन्थ्यो।

बिक्की जैशवाल
अहिले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने कुरा छ। म दशैं बिदामा घर (वीरगञ्ज) गएर आउँदा काठमाडौं एकाएक फेरिएको छ। धेरै विकास भएको जस्तो देखिएको छ। पहिला हामी तीनकुनेको खुला चौरमा क्रिकेट खेल्न जान्थ्यौँ। त्यहाँ निकै फोहर थियो। अहिले चारैतिर फूलबिरुवा रोपेर सिंगारिएको छ।
उहाँ नेपालमा भ्रमण गर्न आउन लाग्नुभएको होला सायद।

bikki jaiswal

उहाँ आउँदा नेपालको केही विकास हुन्ज्छजस्तो लाग्छ। किनकि चीन धेरै ठूलो देश हो। उहाँ जे कार्यको लागि आउनुभएको छ त्यो कार्य सम्पन्न भएपछि केही न केही फाइदा त हुन्छजस्तो लाग्छ। म काठमाडौंमा ११ कक्षा पढ्न आएको बेलादेखि नै रेल आउने कुरा सुनेको छु। अहिले त १२ कक्षा पनि पास भइसकेँ। तर, कहिले आउने हो थाहा छैन। अब उहाँ नेपाल आएपछि छिट्टै रेल आउँछ होला र सामान आयात–निर्यात गर्न सहज हुन्छ होला।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad