समाज


जापानको शक्तिशाली आँधीमा परी ३६ जनाको मृत्यु

जापानको शक्तिशाली आँधीमा परी ३६ जनाको मृत्यु

नेपालखबर
असोज २७, २०७६ सोमबार ७:५८,

यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ।

यस आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका र कम्तीमा एक सय जना घाइते भएका क्योदो समाचार समितिले जानकारी दिएको छ। घाइतेहरुको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्। यस आँधी जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।

आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन्। जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करिब ३१,००० जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ।

Image result for japan typhoons bullet train

आइतबार बिहानदेखि आँधीको वेगमा कमी आएको छ, तर मध्य जापानको नागानोमा भने बाढीको खतरा देखिएको छ। नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन्। मानिसले घरका झ्याल र बाल्कोनीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ।

नागानोमा एउटा बुलेट ट्रेन माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनले आइतबारनै प्रसारण गरेको थियो।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। ६० वर्षयता यो नै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो। सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad