समाज


सुनसरीबाट हातहतियार तथा लागूऔषधसहित पक्राउ

सुनसरीबाट हातहतियार तथा लागूऔषधसहित पक्राउ

नेपालखबर
असोज २७, २०७६ सोमबार ७:५७,

धरान उपमहानगरपालिका-९ डेरा गरी बस्ने कोशी गाउँपालिका-३ का २३ वर्षीय निरज कुमार राउतलाई विभिन्न हातहतियार तथा लागूऔषधसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १३ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम, नियन्त्रित लागूऔषध डाइलेक्स डिसी १ सय एमएलको २ सय २५ बोतल, नाइट्रोसन १० लेखिएको ६ सय ४० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ।

राउतले लागूऔषध बिक्रीवितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .