समाज


अपडेट: त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, घाइते २८

अपडेट: त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, घाइते २८

दुर्घटनास्थल


नेपालखबर
फागुन ११, २०८२ सोमबार ६:४३, काठमाडौँ

आज (सोमबार) बिहान धादिङस्थित त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या २८ पुगेको छ।

धादिङ प्रहरीका अनुसार पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजेतिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५,भैँसीगौडाबाट त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भएको र घाइतेको संख्या २८ पुगेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ११ पुरुष र ६ महिलाको घटनास्थमै मृत्यु भएको हो।

घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको छ। 

बसमा जम्मा ४५ यात्री थिए। पोखराबाट ४३ जना चढेको र मुग्लिनमा २ वा ३ जना यात्री थपिएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ। 

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन।

घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad