मकवानपुरमा एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ गरिएको हो।
शुक्रबार बिहान अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएको खुलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
घटनामा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए।
Shares

प्रतिक्रिया