दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली छात्राको मृत्यु भएको छ।
दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया मनीषा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको हो।
गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्याइए पनि उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो।
मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न आएकी थिइन्।

दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छन्।
492
Shares

प्रतिक्रिया