समाज


ह्याक्सब्लेडले खुलायो हेटौंडा सिमेन्ट उद्योगको तार चोरीको रहस्य

ह्याक्सब्लेडले खुलायो हेटौंडा सिमेन्ट उद्योगको तार चोरीको रहस्य

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:३, मकवानपुर (हेटौंडा)

हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग भएको तामाको तार चोरी घटनाको रहस्य खुलेको छ। तार काट्नका लागि प्रयोग गर्ने हाक्सब्लेड खरिद प्रकरणले उद्योगको तार चोरी घटनाको रहस्य खुलाएको हो।

गत असोज २२ गते राति चोरी भएको तामाको तारको विषयमा प्रहरीले अनुसन्धान गर्ने क्रममा हार्डवयरमा हाक्सो ब्लेड किनेको बिषयले घटनाको रहस्य खुलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए। 

उद्योग वरपर अनुसन्धान गर्ने क्रममा प्रहरीले तार छिलेको बाहिरी खोल फेला पारेको थियो। सोही अनुसन्धानको क्रममा हाक्सोब्लेड किन्न गएका व्यक्ति प्रक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहीबार (आज) पत्रकार सम्मेलन गर्दै प्रमुख खड्काले हेटौंडा–१३ वनस्पतीको के.एम हार्डवर्यरबाट हेटौंडा–१२ पदमपोखरीका २२ बर्षीय मनिराज थोकरले तार काट्ने हाक्सोप्लेड किनेर लगेको भन्ने आधारमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेपछि चोरी प्रकरणको रहस्य खुल्न आएको बताए। 

सोही आधारमा प्रहरीले थोकरलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको थियो। जसक्रममा थोकरले हेटौंडा–१२ का २८ वर्षीय सन्त बहादुर तितुङ लगाएत ५/७ जना मिलेर चोरी गरेको बयान दिएको प्रहरीले जनाएको छ। 

उक्त बिजुलीको तार चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गामा ल्याएर तार छिलेर कवाडी पसलमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। हेटौंडा–४ स्थित कवाडी पसलका सञ्चालक भारतको मोतिहारी–७ बस्ने दिल खुश कुमार शाह लाई बिक्री गरेको पाइएको एसपी खड्काले बताए।

चोरी घटनामा संलग्न थोकर, तितुङ र कवाडी पसल सञ्चालक शाहलाई समेत बुधबार नै प्रहरी नियन्त्रणमा लिइएको उनले बताए। चोरी भएको तामाको तार करिब १० लाख रुपैंया बराबरको रहेको उद्योग प्रशासनले प्रारम्भिक अनुमान गरेको थियो। 

बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार (आज) मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। उनीहरूमाथि चोरी डाका मुद्दा कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ। 

घटनामा संलग्न अन्यको खोजी तथा थप अनुसन्धान जारी रहेको एसपी खड्काले बताए। सोही क्रममा अन्य घटनाहरूमा संलग्नलाई समेत सार्वजनिक गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad